
पाल्पा । लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले जानकारी दिए ।
मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा हार्थोक प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक नेतृत्वको टोली खटिएको छ ।
मा प्रकाशित
