
काठमाडाैं । सरकारले उपत्यकामा थप एक सातासम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौँ उपत्यकामा अवस्थित ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हाे ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा ७ असारसम्म जारी राख्ने निर्णय गरेको बताइएको छ ।
बैठकले तरकारी र खाद्यान्नका पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका समयमा तरकारी र खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न दिँदै आएको थियो ।
बैठकले १ असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पुस्तक पसल खोल्न दिने निर्णय पनि गरेको छ । बैठकले विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाउने पनि निर्णय गरेको छ ।
मा प्रकाशित
