गंगा दशहरामा लाग्ने गोसाइकुण्ड मेला महामारीका कारण प्रभावित

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला प्रभावित भएको छ । हरेक वर्ष जेठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि प्रभावित भएको हो । यो वर्ष शुक्रबारदेखि मेला सुरु भएको छ ।

मेला असार ६ गते दशमीका दिनसम्म लाग्नेछ । तर गत वर्ष जस्तै यो वर्ष कोरोना महामारीका कारण मेला नै प्रभावित भएको गोसाइकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गत वर्ष पनि कोरोना महामारीका कारण गोसाइकुण्डमा लाग्ने गंगा दशहरा र जनैपुर्णिमामा लाग्ने मेला प्रभावित भएको थियो ।

वर्षेनी हजारौंको संख्यामा तिर्थयात्रीहरु गोसाइकुण्ड पुग्ने गरेको भएतापनि कोरोनाका कारण चहलपहल शून्य रहेको छ । मेलाको समयमा भरीभराउ हुने सदरमुकामका धुन्चे, चन्दनबारी, लौरिबबिनाका तथा गोसाँइकुण्डका होटलहरु अहिले सुनसान छ ।

पौराणिक कथनअनुसार परापुर्व कालमा देवता र दानवबीच लडाईँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आइ गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भितामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किम्वदन्ती रहेको पाइन्छ ।

कुण्डमा स्नान गरि गोसाइवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सबै मनोकांक्षाहरु पुरा हुने जनविश्वासका साथ वर्षेनी हजाराैं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाइकुण्ड मेलाको अवसरमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौ तिर्थयात्री आउने गरेका थिए । काठमाडौंको गोंगबु बसपार्कबाट नुवाकोटको त्रिशुली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ भने २ दिनको पैदलयात्रामा चन्दनबारी हुँदै गोसाइकुण्ड पुग्न सकिन्छ ।

१०८ कुण्ड रहेको रसुवा जिल्लामा वर्षेनी हजारौको संख्यामा तिर्थालु भक्तजनहरू आउने गरेका छन् । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमा समेत सुचिकृत छ । गोसाइकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाइकुण्डमा हरेक वर्षको गंगा दशहरा र जनैपूर्णिमामा गरि दुई पटक मेला लाग्ने गर्दछ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID