कांग्रेस महाधिवेशन भदौमै हुन्छ: देउवा

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा हुने बताएका छन्। बुधवार एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन्।

कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मिति तय गरेको भएपनि क्रियाशील सदस्यता वितरणको काम सकिइ नसकेको बताइएकाे छ । यद्यपि देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएकाले यसमा आफु पूर्ण प्रतिवद्ध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु। पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्।’

महाधिवेशनको विषयलाई लिएर कसैले कसैलाइ भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताउँदै उनले पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको बताएका छन्। असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारीलगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने उनले बताएका छन् । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको र पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उनको भनाई छ।

सभापति देउवाले थपेको डेढ वर्षको कार्यकाल सकिने भएकाले भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने हुन्छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID