सभामुखले लेखे प्रधानमन्त्रीलाई पत्र

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै पत्र लेखेका छन् । बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन भन्दै सभामुख सापकोटाले पत्रमार्फत आग्रह गरेका हुन् ।

उनले पत्रमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग समसामयिक विषयमा छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।

मा प्रकाशित