देउवाका पक्षमा नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

देउवा पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा जम्मा भइसकेका छन् ।

नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । यसअघि नेपाल पक्षबाट ३० जनाले हस्ताक्षर गर्ने अर्की सांसद निरादेवी जैरुले बताएकी थिइन् ।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी भने उपस्थित भएका छैनन् ।

सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट र नारायण खतिवडा भने नेपाल समूहतिरै आएर हस्ताक्षर गरेका छन् ।

यी हुन् नेपाल समूहबाट हस्ताक्षर गर्ने सांसदहरू

१ विरोध खतिवडा

२ जीवनराम श्रेष्ठ

३ घनश्याम भुसाल

४ सोमप्रसाद पाण्डे

५ कृष्णलाल महर्जन

६ झपट रावल

७ निरादेवी जैरू

८ सरलाकुमारी यादव

९ कल्याणी खड्का

१० लक्ष्मी चौधरी

११ माधव नेपाल

१२ भीम रावल

१३ कलिला खातुन

१४ रामकुमारी झाँक्री

१५ झलनाथ खनाल

१६ पुष्पा कर्ण कायस्थ

१७ भवानीप्रसाद खापुङ

१८ यज्ञ सुनुवार

१९ सुरेन्द्र पाण्डे

२० मुकुन्द न्यौपाने

२१ मेटमणि चौधरी

२२ दीपकप्रकाश भट्ट

२३ नारायण खतिवडा

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID