राष्ट्रपति र प्रधानमन्त्रीकाे मिलेमताेमा संविधानमाथि ‘कू’, मध्यरातमा संसद विघटन

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरातमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेका छन् । शीतल निवासबाट संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो ।

यसका निम्ति कानून तथा संघीय मामिलालगायत सबै मन्त्री र केही सचिवलाई आकस्मिक भेला गराइएको छ । सेनापति पूर्णचन्द्र थापा भर्खरै बालुवाटारबाट निस्किएकाे श्राेतले बतायाे ।

रास्ट्रपतिले नयाँ दिन शुरु हुनुअघि पौने १२ बजे राती निकालेकाे विज्ञप्तिको यो निचोडले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको निम्ति प्रधानमन्त्री केपी ओलीलाई मार्ग प्रशस्त गराइदिएको छ । राष्ट्रपतिले मध्यरातमा निकालेकाे विज्ञप्तिमा भनिएकाे छ :-“दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।”

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिलेको घटनालाई “मध्यराति संविधानमाथि “कू” को संज्ञा दिएका छन् । बिरोध प्रदर्शनहरु हुन नपाउन् भनेर स्वास्थ्य संकटकाल लगाउने तयारी छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID