राष्ट्रपतिको निर्णय :देउवा–ओली दुवैको दाबी पुगेन, लगत्तै प्रमले बाेलाए मन्त्रिपरिषद् बैठक

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्।

दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको राष्ट्रपतिकाे दावी छ ।

राष्ट्रपतिकाे ठहर लगत्तै  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रीहरुलाई सवा ११ बजेको खबर गरिए पनि राष्ट्रपति कार्यालयको सूचना पर्खेर बैठक ढिला भएको बताइएकाे छ ।

मा प्रकाशित