राईको दाबी झुठो, हचुवाकाे भरमा राष्ट्रपतिलाई साेझै लेखेका थिए पत्र

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । विपक्षी गठबन्धनले संविधानको धारा ७६ (५) बमोजिम गठन हुने नयाँ सरकारको निम्ति आज अपरान्ह राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै राष्ट्रपतिलाई निवेदन लेख्ने माननीय जयकुमार राईको दाबी नै झुठो साबित भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका माननीय राईले आफूले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव नगरेको र पार्टी अध्यक्षबिरुद्ध कुनै हस्ताक्षर नगरेको व्यहोरा लेख्दै शीतल निवासमा सोझै पत्र प्रेषित गरेका थिए ।

तर एमाले माधव नेपाल समूहका नेता बिरोध खतिवडाले शीतल निवासमा बुझाइएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा राईको दस्तखत नै नरहेको बताएका छन् । याेसँगै सांसद जय कुमार राई झुठा ठहरिएका छन् ।

नेता खतिवडाले भनेका छन्–रास्ट्रपति कार्यालयबाट सबैको सक्कली हस्ताक्षर रुजु गराए भैहाल्यो नि ! राईजीको पत्र र १४९ जनाको हस्ताक्षर हेर्दा शीतल निवासका कर्मचारीहरु कति हाँसे होलान् ! हेर मनको बाघ !”

खतिवडाका अनुसार, गत बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने क्रममा अनुपस्थित रहेका राईले अहिले आफ्नो दस्तखत पनि संलग्न गरिएको आशंकामा वक्तव्यबाजी गरेको हुनसक्छ । ‘मनमा आशंका लागेर राईले वक्तव्यबाजी गरेको होला । नेपाल समूहको भनिएका २७ जनामा उहाँको नाम नै छैन ।’

राष्ट्रपति कार्यालयलाई सम्बोधन गरेर लेखिएको माननीयको फर्जी पत्रले उल्टै शीतल निवासलाई समेत विवादमा तानेको छ । अब बेफ्वाँकमा उसले राईको पत्रको समेत आधारमा वास्तविकता खोल्नुपर्ने भएको छ ।

आज अपरान्ह शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका सोलोडोलो सबै सांसदको समर्थन आफूलाई रहेको एकमुष्ठ पत्र लेखेर जानकारी गराएका छन् । तर,विपक्षी गठबन्धनले १ सय ४९ जना सांसदको नाम र दस्तखतसहित ताजा हस्ताक्षर दर्ता गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID