काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
मा प्रकाशित