जसरी पनि संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री–माओवादी केन्द्र

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द) ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघटन गर्ने प्रधानमन्त्री र सरकारको तयारीकाे रुपमा अर्थ्याएको छ । ‘धारा ७६(३)को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले गणतन्त्र नेपालसँग भने, ‘त्यो प्रयोग नगरिकनै एकैचोटी उपधारा ५ मा जम्प गरे।’

उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उद्धश्य नयाँ सरकार गठन नहोस् भन्ने रहेको गुरुङको दावी छ। ‘उपधारा ५ का लागि पनि जुन ‘टाइमफ्रेम’ तोकिएको छ, यो सरकार बन्न नसकोस् भन्ने उद्धेश्यबाट अभिप्रेरित भएको देखिन्छ,’ उनको भनाइ छ, ‘सरकारको नियत त्यति राम्रो छैन। जसरी भए पनि संसद विघटन गर्ने तयारीमा उहाँहरु (राष्ट्रपति र प्रधानमन्त्री) हुनुहुन्छ ।’

 

मा प्रकाशित