अमेरिका बस्ने दंगालीले अक्सिजन खरिदको लागि पठाए एघार लाख बढी रकम

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । अमेरिका बस्ने दाङका युवाहरुले अक्सिजन खरिदको लागि एघार लाख बढी रकम पठाएका छन् । दाङ दंगिशरण गाउपालिका स्थित कोभिड अस्पताल बागरमा केहि समय यता अक्सिजनको हाहाकार भएको देखिएपछी अमेरिका रहेका युवाहरुले केहि रकम उठाएर पठाएका हुन् ।

बिभिन्न छेत्रमा काम गर्दै आइरहेका अमेरिकामा रहेका दंगिशरण गाउपालिकाका युवाहरुले जम्माजम्मी एघार लाख उन्नाईस हजार नौ सय असी पठाएको युवा नेताहरु गोबिन्द भण्डारी र नविन थापाले फेसबुक मार्फत जानकारी दिएका छन् । स्व रकम मध्य खिलत वलीले २०१ डलर,डिल्ली रावतले ३५१,गणेश चौधरीले ६३२,नर बहादुर डाँगीले १००१,खिम राज वलीले ७२१,सुशील नेपालिले ५०१,शोभाराम वलीले १०५१,सन्दिप वलीले ४०१,जितेन्द्र वलीले ३५०,सन्दिप डाँगीले ५००,जागेस्वर डाँगीले ४०१,युवराज भण्डारीले ५०१,मानिस बुढाथोकीले ५०५,कमल केसीले २१०,भारत डाँगीले २०५ डलर लगायत सहयोग गरेका छन् ।

यसैगरी खिम बहादुर वली,प्रवेस वली,देव खड्का,फलत डाँगी,गोपाल डाँगी,भिम बहादुर वली,प्रकास वली,आनन्द रावत,कृष्ण रेउले लगायतले कोभिड अस्पताल बागरमा अक्सिजन खरिदको लागीसहयोग रकम पठाएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID