देउखुरी, दाङ । दाङको लमहीमा स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात गरिएको छ । तरुण दलका नगर सभापति एवम् व्यवसायी सन्तोष बुढाथोकीले आफ्नो व्यक्तिगत खर्चमा कोरोना भाइरसको लडाईमा अग्रपङ्तिमा रहेर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाएर यस्ताे अभियानकाे सुरुवात गरेका हुन् ।
बुढाथोकीले कोभिडको लडाईमा अग्रपङ्तिमा रहेर अहोरात्र खटिरहने लमही अस्पतालमा कार्यरत २० जना स्वास्थ्यकर्मीको उच्च मनोवलको कामना गर्दै व्यक्तिगत खर्चमा खाजा खुवाएका हुन् । लमहीकाे एक हाेटलबाट दैनिक खाजाको व्यवस्थापन गरेका युवा व्यवसायी बुढाथोकीले भने,–‘कोरोना भाइरसको यो विषम् महामारीमा आफ्नो ज्यानको पर्वाह नगरेर नागरिकको ज्यान बचाउन लागि पर्ने स्वास्थ्यकर्मीलाई हामीले नमन गर्नुपर्छ । हामीले सक्दाे सहयाेग पनि गर्नुपर्छ ।
उनले याे अभियानमा मनकारीहरुलाइ सहयोग गर्न म आग्रह पनि गरेका छन् । महामारी विरुद्ध सबै एकजुट भएर लाग्न उनकाे आग्रह छ । नि:शुल्क खाजाको अभियान संचालन गरिएकोमा बुढाथोकीलाई स्वास्थ्यकर्मीले धन्यवाद दिएका छन् ।
लमही अस्पतालमा कार्यरत २० जना स्वास्थ्यकर्मीलाई नियमित बिहान ८ बजे र दिउँसो ३ बजे लकडाउनभर विभिन्न खाजाको व्यवस्थापन गर्ने प्रतिवद्धता बुढाथोकीकाे छ ।