कोभिडका बिरामीलाई फाइदा नपुगेको भन्दै भारतले हटायो उपचार प्रोटोकलबाट प्लाज्मा थेरापी

न्युजएजेन्सी

भारत । भारतको केन्द्र सरकारले प्लाज्मा थेरापी कोभिड-१९ का बिरामीको उपचार प्रोटोकलबाट हटाएको छ। केही दिन अघि भारतको ‘नेश्नल टास्क फोर्स’मा प्लाज्मा थेरापीबाट कोभिडका बिरामीलाई कुनै फाइदा नपुगेको चर्चा चलेको थियो।

उक्त टास्क फोर्सले प्लाज्मा थेरापी महत्व नदिएपछि केन्द्र सरकारले कोभिडका बिरामीका लागि प्रयोग गरिँदै आएको उक्त विधि प्रोटोकलबाटै हटाइदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतको केन्द्र सरकारले ‘इन्डियन काउन्सील अफ मेडिकल रिसर्च’को सल्लाहमा प्लाज्मा थेरापी प्रोटोकलबाट हटाइएको जनाइएको छ।

अन्य देशहरूले पनि प्लाज्मा थेरापीले कोभिडका बिरामीलाई कुनै फाइदा नपुगेको बताउँदै आएका छन्। पछिल्लोपटक भारतले पनि उक्त विधि कोभिडका बिरामीको उपचारबाट हटाएको हो।

कोरोना भाइरसको संक्रमण निको भएका बिरामीहरूको रगतबाट प्लाज्मा निकालेर अर्का कोभिडका बिरामीलाई चढाउने विधिलाई प्लाज्मा थेरापी भनिन्छ। नेपालमा पनि उक्त विधि प्रयोग हुँदै आएको छ। कतिपय अध्ययेताहरूको अध्ययनमा प्लाज्मा थेरापीले भाइरसको म्युटेसनका लागि सहयोग पुगिरहेको जनाइएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID