अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण

रीता खत्री, ३ जेठ

काठमाडौं । कोभिडको महामारीमा अहोरात्र खटिएर काम राष्ट्र सेवा गरिरहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न अखिल नेपाल सरकारी अस्थायी, करार, ज्यालादारी कर्मचारी श्रमिक संघले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई धक्का लाग्ने कुनै पनि कार्य नगर्न सरकारलाइ आग्रह गरेको हो ।

प्रेस विज्ञप्तिमार्फत संघकी अध्यक्ष बिमला आचार्यले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारका बिभिन्न निकायमा रहेर कोभिड १९ महामारीको विषम अवस्थामा पनि निश्वार्थ भावले राष्ट्रसेवा गरिरहेको हुनाले उनीहरु संक्रमित भएको खण्डमा निःशुल्क उपचार गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएकी हुन् ।

विज्ञप्तिमा भनिएको छ – ‘संघ, प्रदेश र स्थानीय तीनै तहहरुमा यस्ता कर्मचारीहरुले महामारीको समयमा पनि सेवा दिइरहेका छन् । अतः यी र यस्ता कर्मचारीहरुको व्यक्तिगत सुरक्षाको ग्यारेन्टीसहित सत्प्रतिशत अतिरिक्त भत्ता, संक्रमितहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गर्दछौं ।’

‘त्यसैगरी नेपाल सरकारको मातहतका सरकारी कार्यालयहरुमा कार्यरत कुनै पनि अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुलाई कुनै पनि बहानामा रोजगारीमा धक्का लाग्ने कुनै पनि कार्य नगर्न नगराउन नेपाल सरकारलाइ ध्यानाकर्षण गराउन चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID