एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गरिँदै

गणतन्त्र नेपाल संवाददाता

सुर्खेत। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ। कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगका लागि सो कोष स्थापना गर्न लागिएको हो।

प्रदेश अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा सोमबार जुम बैठकमार्फत बसेको बैठकले एक करोड राशिको कर्णाली प्रदेश पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए। कोषबाट तत्कालीन रूपमा कोरोना महामारीबाट पीडित भएका पत्रकारको राहत तथा उद्धारमा सहयोग गरिनेछ भने दीर्घकालका लागि विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिने उनले बताए।

कोष स्थापनाका लागि महासंघले कर्णालीका उद्योग, व्यवसायी र तीन तहका सरकारसँग सहयोगका लागि अपिल गरेको छ। कोष स्थापना गर्नु निकै चुनौतीपूर्ण कार्य भए पनि कर्णालीमा काम गर्ने पत्रकारका लागि यो कोष कोषेढुंगा सावित हुने सञ्चार क्षेत्रले अपेक्षा राखेको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID