नेपाललाई सहयोग जुटाउन न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलनको अपिल

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलन क्लार्कले नेपाललाई कोरोना भाइरसविरुद्धको खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग जुटाउनका लागि अपील गरेकी छन्। पूर्व प्रधानमन्त्री क्लार्कले नेपालमा कोरोना भाइरसको अवस्थासम्बन्धी समाचार ट्वीटरमार्फत साझा गर्दै सहयोगका लागि आग्रह गरेकी हुन् ।

नेपालले कोरोना भाइरस महामारीको दोस्रो र ठूलो लहरको सामना गरिरहेको भन्दै उनले खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोगका लागि सार्वजनिक रुपमा आग्रह गरेकी छन् । नेपालको आर्थिक अवस्था कमजोर रहेको तथा स्वास्थ्य सेवा पनि न्यून क्षमताको रहेको भन्दै उनले महामारीका कारण उत्पन्न हुन सक्ने भयावह अवस्थाबाट जोगाउनका लागि सहयोग गरिनुपर्ने उल्लेख गरेकी हुन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID