गाली सहन तयार छौं, ओलीसँग आत्मसमर्पण गर्दैनौंः घनश्याम भुसाल

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षका नेता घनश्याम भुसालले बरु गाली सहने तर केपी ओलीसँग आत्मसमर्पण नगर्ने विचार व्यक्त गरेका छन् ।

पूर्वकृषि तथा पशुपंक्षि विकासमन्त्रीसमेत रहेका भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने पनि बताएका छन् । भुसालले बुधबार सामाजिक सञ्‍जालमा सार्वजनिक गरेका भनाइले एमाले अब मिल्नै नसक्ने दिशातर्फ गएको संकेत गरेको छ।

भुसालले हिजो पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर पार्टी विभाजन ढाकछोप गर्न खोज्नेहरूले आज झलनाथ खनाल-माधव नेपालहरुलाई गाली गरेर बाँकी रहेको एमाले फुटाउन लागेको पनि तर्क गरेका छन् । ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो,’ भुसालले लेखेका छन्, ‘आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’

नेता भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक असफल भएका शक्ति भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्‍ने दाबीको खण्डन हुँदैन,’ भुसालले लेखेका छन् ।

उनले विद्रोहले क्रान्तिमा योगदान गरे नगरेको विषयमा अझै पनि बहस भइरहेको बताउँदै तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने तर्क गरेका छन् । ‘बिद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ,’ उनले भनेका छन्, ‘तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्‍ने कुरा हामीलाई राम्ररी थाहा छ।’ एमालेको विवाद बढ्दै गर्दा यहीँ वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने क्रममा भुसालसहित माधव पक्षीय २८ सांसद अनुपस्थित भएका थिए ।

हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा…

Posted by Ghanashyam Bhusal on Tuesday, May 11, 2021

तर उनीहरुमाथि एमालेले अझै कारबाही अघि बढाएको छैन। एमाले मिलाउने कोसिस जारी रहेका बेला उनले ओली सामू आत्मसमर्पण गरेर सम्झौता नगर्ने संकेत गरेका हुन्। तर अध्यक्ष ओलीले नेपाल पक्षका सांसदलाई कारबाही गरेर सांसदबाट पदमुक्त गरे विपक्षीलाई बहुमत पुर्याउन सजिलो हुने भएकाले कारबाही नगरेकाे चर्चा चुलिएकाे छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID