सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा तीन जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुको बुधबार ५ बजे सपथ हुने बताइएकाे छ । प्रदेश प्रमुख गाेविन्द प्रसाद कलाैनीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छन् ।
मुख्यमन्त्री शाहीका समन्वय विज्ञ झक बहादुर मल्ल सुदिपका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई उर्जा तथा जलस्राेत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको बताइएको छ ।
मा प्रकाशित