अस्पतालमा आइसियु पाइएन, बुहारी बचाउन सकिएन : नारायणकाजी श्रेष्ठ

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमै आइसीयू नपाउँदा बुहारीलाई बचाउन नसकेको बताएका छन् । श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिड–१९ संक्रमणले उपचारको सिलसिलामा निधन भएको हो । आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा ट्रमा सेन्टरमा आइसीयू फेला परेपनि समयमा नपाउँदा उनले ज्यान गुमाएको श्रेष्ठले बताए ।

केही दिनदेखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड नपाएको उनले बताए । श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखेर बुहारीलाई बचाउन नसकेको कुरा बताएका छन् ।

उनले थप लेखेका छन् – निर्मलाको श्रीमान राजनीतिक एवं सामाजिक व्यक्ति, भतिजो बिकल श्रेष्ठ आफै पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन् ।उनलाई पनि आइसियु चाहिएको अवस्थामा कहाँ पाइने हो, ठेगान छैन। बिकलको स्वास्थ्यलाभको कामना गर्दै शोक सन्तप्त सबै परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID