पूर्वराजा ज्ञानेन्द्रले जिते काेराेना

नर्भिक अस्पतालमा उपचार गराइरहेका शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। नर्भिक अस्पतालमा उपचार गराइरहेका शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार आएपछि अक्सिजन दिन छाडिएको नर्भिक अस्पतालले जनाएको छ। शाहको अवस्था अहिले सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ। उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID