नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न तीन दलको राष्ट्रपतिलाई आह्वान

संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न आग्रह

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेका हुन् ।

नेतात्रयले सोमवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन लागि आह्वान गरेका छन् ।

मा प्रकाशित