कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी

बाबरले अप्रिल महिनामा तीनवटा एकदिवसीय खेलमा ७६ को औसतमा २ सय २८ रन बनाएका थिए ।

एजेन्सी

पाकिस्तान । पाकिस्तानका  कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका थिए । फकर जमानले दक्षिण अफ्रिकाविरुद्धको वनडे सिरियामा उत्कृष्ट प्रदर्शन गरेका थिए भने कुशल भुर्तेलले नेदरल्यान्ड र मलेसियाविरुद्ध टी–२० त्रिदेशीय सिरिजको उपाधि नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

त्यसक्रममा कुशलले ५ खेलमा चार अर्धशतक बनाएका थिए । बाबरले भर्खरैमात्र वान डे क्रिकेटमा ब्याट्सम्यानतर्फको सूचीमा विराट कोहलीलाई पछि पारेर पहिलो नम्बर हासिल गरेका थिए ।

उनले यसै महिना सर्वाधिक चाँडो २ हजार टी–२० रन आफ्नो नाममा लेखाएका थिए । बाबरले अप्रिल महिनामा तीनवटा एकदिवसीय खेलमा ७६ को औसतमा २ सय २८ रन बनाएका थिए, जबकी यसै महिना सातवटा टी २० खेलमा उनले ३ सय ५ रन बनाए ।

मा प्रकाशित