देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् । सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए ।

नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ठाकुर पक्ष देउवासँग नजिकिन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष यसअघि देखि नै विपक्षी गठबन्धनसँग नजिक रहेको छ ।

मा प्रकाशित