कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषद्काे निर्णय

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । शनिबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको हाे ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएअनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी कदम चाल्नु पर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समीक्षा भएको छ’, मन्त्री त्रिपाठीले भनेका छन् ।

मा प्रकाशित