प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक  देउवाद्दारा इन्कार

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी सो बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् । ‘वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरी पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको छ’ ,विज्ञप्तिमा भनिएको छ।

नेपाली काँग्रेसले सुरुदेखि नै उक्त कार्यको विरोध गर्दै आएको जनाउँदै पार्टी सभापति देउवाले सरकारको उक्त अध्यादेश संविधानको विशिष्ट व्यवस्था र मूल भावना विपरित रहेको र त्यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको समेत बताए।

‘कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित रहेको सभापति देउवाकाे आराेप छ । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले साे बैठकमा भाग नलिने घोषणा गर्दै पार्टी सभापति देउवाले बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गरेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID