ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसको निर्णय

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको प्रभावशाली नेताहरुको बैठकले पहिला ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र दोस्रो अर्को सरकार बनाउनेबारे छलफल गर्ने निर्णय गरेको हो।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको प्रभावशाली नेताहरुको बैठकले पहिला ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र दोस्रो अर्को सरकार बनाउनेबारे छलफल गर्ने निर्णय गरेको हो।

ओलीले यही वैशाख २७ गते विश्वासका मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। सहमहामन्त्री प्रकाशरण महतकाअनुसार २७ गतेको बैठकमा विश्वासको विपक्षमा मत हाल्ने निर्णय गरिएको छ।

संसदमा हाल ६१ जना सांसद रहेको कांग्रेसलाई सरकारको नेतृत्व गर्न माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले आग्रह गरे पनि देउवा अविश्वास प्रस्ताव ल्याउन तयार भएका थिएनन्। संसदमा विश्वासको मत लिन १३६ जना सांसदको समर्थन चाहिन्छ। एमाले एक ढिक्का रहेको अवस्थामा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले समर्थन गरेको अवस्थामा सजिलै ओलीको पक्षमा बहुमत पुग्ने देखिन्छ।

कांग्रेसले मंगलबार दोस्रोपटक जारी भएको अध्यादेशप्रति पनि आपत्ति जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID