काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने भएकाे छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारलाइ दिएकाे समर्थन पुष ५ गते यतादेखि नै नरहेकाे औपचारिक जानकारी सरकारलाइ गराउने निर्णय गरेकाे हाे ।
समर्थन फिर्ताकाे औपचारिक जानकारी बुधबार पत्रमार्फत दिइने स्थायी कमिटी सदस्य देव गुरुङले गणतन्त्रनेपाललाइ जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन: भंग गर्न चाहिरहेकाे अवस्थामा या त ओलीले आफूलाइ सच्याएर आउने या त विपक्षी दलहरुले नै केही साेच्लान भन्ने साेचेर आजसम्म आफूहरु चुप लागेर बसेकाे तर स्थितिमा कुनै बदलाव नआएकाे हुनाले सरकारलाइ दिएकाे समर्थन पुष ५ बाटै नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने टुंगाेमा पार्टी पुगेकाे हाे – नेता गुरुङले भनेका छन् ।
वैशाख २७ गते संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय असंवैधानिक रहेकाे नेता गुरुङकाे आराेप छ ।