लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो। आज अविश्वासको प्रस्ताव उपर छलफल हुने र भोली मतदान हुने कार्यसुची प्रदेशभसभाले तय गरेको थियो।

गणतन्त्र नेपाल संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् । प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए।

मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो । आज अविश्वासको प्रस्ताव उपर छलफल हुने र भोली मतदान हुने कार्यसुची प्रदेशभसभाले तय गरेको थियो।

संसदमा अविश्वास प्रस्तावको सामना गर्न नसकेर उनले राजीनामा दिएको प्रदेशसभा सदस्य थारुले बताएका छन् ।

मा प्रकाशित