सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ ।
शनिवार बसेकाे जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले वैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गणतन्त्रनेपाललाइ जानकारी दिए ।
कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएको अवस्थामा घरमै बसेर कोरोना संक्रमणबाट बच्न र निषेधाज्ञाकाे पूर्ण पालना गर्न सम्पूर्ण सुर्खेतवासीमा प्रजिअ रिजालले अपिल गरेका छन् ।
मा प्रकाशित