काँग्रेस सभापति देउवाले बाेलाए निजी निवासमा आकस्मिक पत्रकार सम्मेलन

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव र पार्टीको भूमिकाकाे सन्दर्भमा धारणा राख्ने बताइएकाे छ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन आयाेजना गरेका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे निजी निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले गणतन्त्रनेपाललाई जानकारी दिए ।

पाैडेलका अनुसार सभापति देउवाले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव र पार्टीको भूमिकाकाे सन्दर्भमा धारणा राख्ने बताइएकाे छ।

पत्रकार सम्मेलनमार्फत कोरोना रोकथाम र जनजीविकाकाे विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि आकस्मिक पत्रकार सम्मेलन बाेलाइएकाे आँकलन गरिएकाे छ ।

सम्मेलनमार्फत देउवाले पार्टीको १४ औं महाधिवेशनका साथै अन्य समसामयिक विषयमा धारणा सार्वजनिक गर्ने बताइएको छ ।

दिनप्रति दिन कोरोना संक्रमित बढ्दै गएकाे र मृतकको संख्या बढिरहेको भन्दै सरकारले बिहीबार यता काठमाडौं उपत्यकासहित दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरेकाे छ ।

 

मा प्रकाशित