नब्याएको बाच्छीले दूध दिन थालेपछि…

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १० वैशाख । गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ ।

‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्नेगरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो’– पन्तले भने । पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको बताउँदै गाईधनी पन्तले भने– ‘घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो, यसलाई कहीँ लगिएको पनि छैन ।’

‘एक हप्तादेखि बाच्छीको फाँचो अचानक ह्वात्तै बढ्यो, थुन समेत ब्याएको गाईको जस्तो पघ्रेर आए, बाच्छीको थुन गानिन थालेपछि हामीले दुहुन थाल्यौं; उसले आरामले दूध दिन थाल्यो’ गाईधनी पन्तले भने । अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो तथा पहेंलो रहेको पनि उनले बताए । बिगौती दूध भएकाले घरमा कसैले पनि नखाएको र बाख्राका पाठालाई दिने गरिएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID