सहमतिका लागि अन्तिम कसरत, एमाले कार्यदलको बैठक १० घण्टादेखि निरन्तर

पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक १० घण्टादेखि चलिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको हो ।

बैठक चलिरहेका बेला एमाले उपमहासचिव एवं कार्यदलका सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधव नेपालसँग परामर्श गर्न बाहिर निस्केका थिए । उनी साढे ५ बजेतिर कार्यदलको बैठकमा फर्किएका थिए ।

कार्यदलको बैठक चलिरहेकाले आज ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *