दाङ,७ असार । प्रजातान्त्रिक उद्यमी संघ घोराहीको पाँचौं वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमै विवाद भएपछि अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।
संघको आर्थिक प्रतिवेदनमाथि उठेको विवादले कार्यक्रम प्रभावित भएको हो। आर्थिक विवरण स्पष्ट नभएको र गडबडी भएको भन्दै केही सदस्यहरूले विरोध जनाएपछि कार्यक्रम अघि बढ्न नसकेको संघ स्रोतले जनाएको छ।
उद्घाटन सत्रका लागि सबै तयारी पूरा भइसकेको अवस्थामा प्रतिवेदनमाथि विवाद चर्किएपछि कार्यक्रम तत्काल स्थगन गर्ने निर्णय गरिएको हो।
साधारणसभा तथा अधिवेशन आज घोराहीमा आयोजना गरिएको थियो।
Please follow and like us: