गोरखा मोडेल सेकेन्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न

लमही, ६ असार । गोरखा मोडेल सेकेन्डरी स्कुल लमही, दाङमा शुक्रबार असार ६ गते अतिरिक्त क्रियाकलाप अन्तर्गत कविता प्रतियोगिता कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

“हाम्रो विद्यालय राम्रो विद्यालय” शीर्षकमा आयोजित सो प्रतियोगितामा कक्षा ९ र १० का १६ जना विद्यार्थीहरू सहभागी थिए।

कार्यक्रमको अध्यक्षता विद्यालयका माध्यमिक तह ९–१० का संयोजक यमप्रकाश डाँगीले गर्नुभएको थियो। कार्यक्रममा विज्ञान शिक्षक अजित शाह, कम्प्युटर शिक्षक अभिषेक न्यौपाने र हेमन्त पौडेल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रतियोगितामा भाग लिने विद्यार्थीहरूमा नवीन चौधरी, शिशिर गिरी, शिल्पा के.सी., अस्मिता पौडेल, सुप्रिया घर्ती मगर, नितिश यादव, अर्पिता चौधरी, रागिनी गुप्ता, दिप्सना डाँगी, विपिन खनाल, अनुश बुढाथोकी, मूमी चौधरी, भावना रायमाझी, रेश्मा सहानी, नवोदित के.सी. र सुमित पुलामी रहेका थिए।

विद्यार्थीहरूले “हाम्रो विद्यालय राम्रो विद्यालय” विषयमा आफ्ना भावना, विचार र कल्पनाशील प्रस्तुति समेटिएका सिर्जनात्मक कविता वाचन गरेका थिए। कार्यक्रमका मूल्यांकनकर्ताको भूमिकामा शिक्षक सुरेश यादव, टुकलाल आचार्य र हेमन्त पौडेल रहनुभएको थियो।

मूल्यांकनको आधारमा शिशिर गिरी प्रथम, नवीन चौधरी द्वितीय, शिल्पा के.सी. तृतीय तथा अस्मिता पौडेल सान्त्वना स्थानमा विजयी घोषित भएका थिए। उनीहरूलाई विद्यालयले प्रमाणपत्र तथा हौसला स्वरूप पुरस्कार प्रदान गर्ने जानकारी दिइएको छ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तेजप्रसाद खनालले गर्नुभएको थियो। उहाँले सहभागी विद्यार्थीका कविताहरू प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक र रचनात्मक रूपमा अघि बढाउनु भएको थियो। कार्यक्रमकै क्रममा शिक्षक सुरेश यादवले आफ्नै रचना वाचन गर्नु भयो भने तेजप्रसाद खनालले चारु वाचन प्रस्तुत गर्नुभएको थियो।

सृजनात्मकता र साहित्यिक भावनाले भरिएको कार्यक्रम भव्य, सभ्य र प्रेरणादायी वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *