डगमरा प्रहरी पोस्टका लागि नयाँ भवन निर्माण शुरू, निरीक्षक बमबाट शिलान्यास
गढवा, २६ मंसिर। वर्षौँदेखि जिर्ण अवस्थामा रहेको झुपडीजस्तै अस्थायी संरचनाबाट जोखिम मोलेर शान्ति–सुरक्षा सेवा दिँदै आएको डगमरा प्रहरी पोस्ट अब आधुनिक र सुरक्षित भवनबाट सेवा–सुविधा प्रदान गर्ने हुने भएको छ। राजपुर गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा राजपुर गाउँपालिका–७, डगमरास्थित प्रहरी…

