सिपि नेपालको बार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक

सिपि नेपालको गढवा गाउँपालिका संग समन्वय कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ ।

सिपि नेपालले आर्थिक वर्ष २०७९/०८०को बजेट कार्य योजना बारे गढवा गाउँपालिका लाई जानकारी गराएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

क्रेयटिङ पोसिबिलीटिज (सिपी) नेपालले शैक्षिक शसक्तिकरणमा लगभग पाँच करोड बराबरको लगानी गर्ने कार्य योजना रहेको जनाएको छ। सिपी नेपालले गढवा गाउँपालिका सहित राजपुर र राप्ती गाउँपालिकामा शैक्षिक शसक्तिकरण कार्यक्रममा झण्डै पाँच करोडको बजेट लगानी गर्ने जानकारी दिएको हो।

बुधबार गढवा गाउँपालिका संगको समन्वय कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यक्रम तथा बजेटको सार्वजनिक गरिएको हो । बिगत १६ वर्ष देखि सिपी नेपालले अनाथ,टुहुरा, बेसाहार,मुक्त कम्लहरी,अतिबिपन्न र सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई शिशु कक्षा देखि १२ कक्षा तथा प्राविधिक शिक्षा पठनपाठनका लागि बिभिन्न कार्यक्रम मार्फत लगानी गर्दै आएको कार्यक्रममा जानकारी दिईएको हो ।

संस्थाले गढवा सहित अन्य दुईवटा गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ। तिन वटा गाँउपालिकामा गरी जम्मा ३२२ जना विद्यार्थीहरु लाई शिशु कक्षा देखी लिएर उच्च शिक्षा र प्राविधिक शिक्षा सम्म अध्ययन गराउदै आएको महिला कार्यक्रम संयोजक सरिता चौधरीले जानकारी दिनुभयो । सिपि नेपालले शिक्षा क्षेत्रमा मात्र नभई आमा समूह मार्फत महिला शसक्तिकरण,किसोर किशोरी प्रजनन स्वास्थ्य,सिकलसेल एलीमियाको उपचार,बिपन्न बिद्यार्थी र महिलाहरुलाई साइकिल वितरण,खेलकुद कार्यक्रम,वाल स्वास्थ्य शिविर लगायतका अन्य कार्यक्रमहरु संचालन गरिदै आएको बिध्यार्थी कार्यक्रम संयोजक हेमराज शर्माले जानकारी दिनु भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले पाँच करोडको बजेट गढवा गाउँपालिका क्षेत्रमा कोशे ढुङ्गा साबित हुने बताउनु भयो। सिपि नेपालको प्रशंसा गर्दै संस्थाले गर्दै आएको काम सरहनिय भएको भन्दै पालिका पनि सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभयो । स्थानीय जनतालाई प्रत्यक्ष लाभ हुने खालको कुनै पनि काम गर्दा पालिकाले पुर्ण सहयोग गर्ने आश्वासन समेत दिनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै अध्यक्ष तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले शिक्षा, बालबालिका र महिला शसक्तिकरण,किसोर किशोरी प्रजनन स्वास्थ्य क्षेत्रमा गरेको काम प्रशंसा योग्य रहेको भन्दै आगामी दिनमा यस्तो कार्यक्रम गर्दा पालिकाको सम्बन्धित शाखासंग सहकार्य गरेर काम गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर – २का अध्यक्ष भक्तु चौधरी, ४ नम्वर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, ६ नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगर, त्यसैगरी लेखा शाखा प्रमुख शम्भु राज आचार्य, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, रोजगार शाखा प्रमुख अशोक कुमार यादव, कार्यपालिका सदस्यहरु रमा भण्डारी, सुर्य बहादुर नेपाली र मिना पुन, योजना शाखा प्रमुख कुलराज कुमाल, प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक यादव, पत्रकार शिवराज पन्थी, स्वान नेपालकी सोनी थारु कुमाल लगायतकाको उपस्थिति रहेको थियो।

सिपी नेपालका महिला कार्यक्रमा संयोजक सरिता चौधरीको स्वागत मन्तब्य र प्रस्तुतिकरणबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिध्यार्थी संयाेजक हेमराज शर्माले गर्नुभएको थियो ।

गढवा गाउँपालिकाको डेङ्गु ‘खोजी र नष्ट अभियान’

डेङ्गु रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट अभियान कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिकाले आयोजना गरेकोो कार्यक्रम मा गढवा गाउँपालिका सहितको टिमले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको गढवा गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६का अध्यक्ष विर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न डेङ्गु ‘खोजी र नष्ट अभियान’ कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरु, रेड्क्रसका , विभिन्न संघ संस्था, इलाका प्रहरी कार्यालय गढवा, बिभिन्न राजनीतिक दल, गढवा स्वास्थ्य चौकीका प्रमुख, महिला स्वयं सेविका, स्थानीयहरुको उपस्थिति रहेको थियो।

गढवा गाउँपालिकाको कार्यालयबाट सुरु भएको र्‍याली सर्बोदय चोक, थानदेउखरी गांउ, कोईलाबास रोड हुदै, बजारको मुख्यचोक हुदै जनता माध्यमिक विद्यालय जाने बाटो हुदै कबाड्जन्य सामानहरु डम्पिङ गरेर राखेको बिभिन्न ठाउँमा पुगेर लामखुट्टेको लार्भा नष्ट सम्बन्धी जानकारी, सरसफाइ र पानी जम्ने सामान/ठाउँको पहिचान सम्बन्धी जानकारी दिएको हो।

बजार परिक्रमा पछी गढवा बजारको मुख्य चोकमा कोणसभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले गढवा गाउँपालिकामा सङ्क्रमणको सङ्ख्या बढ्दो भएकोले यस्तो अवस्थामा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताउदै डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस, दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउन आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम पालिकाको सबै वडामा गरिएको गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनु भयो।

कोणसभामा बोल्दै गढवा स्वास्थ्य चौकीका प्रमुख रुप नारायण चौधरीले लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेङ्गु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनु पर्ने बताउनुभयो। डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गरेको बताउदै सतर्क र साबधान रहन प्रमुख चौधरीले सबैलाई अनुरोध समेत गर्नु भयो।

सरिता चौधरीको स्वागत मन्तव्य बाट सुरु कार्यक्रममाको सञ्चालन गढवा स्वास्थ्य चौकीका प्रशासन प्रमुख सुर्य नारायण यादवले गर्नु भएको थियो।

वुटवलमा श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्धारा उजुरी

रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ। तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन्।

तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन्।

उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ।आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।