गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक गढवामा सम्पन्न

गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ।

सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले आउदै गरेको वडा दशै, तिहार र छठ पर्वको पावन अवसरमा सबैमा सुभकामना आदानप्रदान गरेको छ ।


साथै बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ ।
सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सबै सहकारी संघ संस्थाहरुलाई समयमा अडिटिङ गर्न, साधारण सभा सम्पन्न गर्न, कर्मचारी सहितको मासिक बैठक बस्न, पौष मसान्त सम्म कोपोमिस प्रबिष्ट गरी सम्पन्न गर्न, विनियम संशोधन र कार्यबिधि साधारणसभा बाट पारित गराउन र सम्पति सुद्धिकरण गर्न निर्देशन गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो।

साथै कृषकहरुलाई समयमा मलखाद उपलब्ध गराउन सहजताका लागि गढवा गाउँपालिका सँग समन्वय गर्ने, सबै सहकारिलाई समेटेर गढवा गाउँपालिका संग दशै लगत्तै बृहत् अन्तरक्रिया आयोजना गर्ने लगाएतका निर्णयहरु भएको अध्यक्ष गहतराजले जानकारी दिनु भयो ।
बैठकमा सञ्जालकी उपाध्यक्ष कमला आचार्य, सचिव कैलाश चौधरी, सह-सचिव रेखा थापा, कोषाध्यक्ष अशोक केसी र सदस्यहरूमा पट्वारी यादव, देव किशोर चौधरी, हुमाकान्त सुबेदी, दामोदर ढुङगाना, रिना चौधरी, कमल कुमारी कुमाल, शिवराज पन्थी, नारायण भुषाल, सल्लाहकार समितिका संयोजक हेमराज अधिकारी सदस्यहरु सकुन्तला डिसी, राम प्रकाश यादव, तुला बहादुर सिंह ठकुरी त्यसैगरी लेखा समितिका संयोजक ओम प्रकाश थारु कुमाल को उपस्थिति रहेको थियो। त्यसैगरी कानुनी सल्लाहकार उमाकन्त पन्त र प्रेस सल्लाहकार उमानाथ यादवको उपस्थिति रहेको थियो।

गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार गढवामा सम्पन्न

गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको अध्यक्षता बसेको बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गरेको जनाएको छ।

बैठकमा लेखा शाखा प्रमुख शम्भु आचार्य, योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, पशु शाखा प्रमुख अनन्तराज रेग्मी, सामाजिक सुरक्षा शाखा प्रमुख रिषि यादव, रोजगार शाखा प्रमुख अशोक कुमार यादव, प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव, कृषि शाखा प्रमुख कर्ताराम यादव, महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्द, आठ वटै वडाका प्राविधिक र वडा कार्यालयका सचिव हरु, पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको बैठक बसी कार्य सम्पादनमा देखिएको समस्या र समाधान गर्नका लागि छलफल भएको जनाएको छ।


बैठकमा प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले सम्पूर्ण कर्मचारीहरुलाई सत्य र निष्ठा पुर्बक काम गर्न सुझाव दिनु भयो ।साथै हरेक महिना कार्य सम्पादनमा देखिएको अप्ठ्यारा हरु लाई तत्काल समाधान गर्दै काम गर्न अधिकृत चौधरीले सबैलाई अनुरोध गर्नु भयो ।
सम्पन्न बैठकले सबै शाखाका प्रमुखहरु लाई हरेक महिनाको प्रगति प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । साथै सम्पूर्ण शाखाहरु लाई महिनामा एक पटक अवश्य बैठक बस्नु पर्ने निर्णय गरेको प्राविधिक शाखा प्रमुख बिनय कुमार यादवले जानकारी दिनु भयो।


साथै स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेर जिल्ला मै दोस्रो उत्कृष्ट गाउँपालिका सम्मानित भएको भन्दै सम्पूर्ण स्वास्थ्य कर्मीहरु लाई बधाई दिएको छ भने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीराई सम्मान गरेको छ।बैठकको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

गढवा गाउँपालिका द्वारा अनाथ महिलाको उद्दार

गढवा गाउँपालिकाको पहलमा अनाथ महिलाको उद्दारगढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ ।
बिगत २ महिना देखी बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछी गढवा गाउँपालिकाले ति अनाथ महिला लाई उद्दार प्रक्रिया अघि बढाएको हो ।


गढव गाउँपालिका वडाध्यक्ष नम्बर – ४ खडकपुरमा पानपसल सञ्चालन गर्दै आएकी अन्दाजी ६० बर्षिय सुक्मा भण्डारीको उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
महिला लाई उद्दार गरेर निल सागर सेवा आश्रम नेपालगंज पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।


गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, वडा नम्बर – ४ का वडाध्यक्ष हरिभगत चौधरी,वडा सदस्यहरु अतिउल्ला मनिहर, टुुकमान कुंवर, माओवादी नेता बिरेन्द्र चौधरी, स्थानीय बुद्धिजीवी मनिराम पौडेल,इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, निल सागर सेवा आश्रम नेपालगंज अभियान्ता गरिबु चौधरी र देव प्रकाश चौधरी, दिनेश पोख्रेल, प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेल, कृष्ण पन्थी र स्थानीयको उपस्थितिमा छलफल गरी आश्रम पठाईएको हो।

निल सागर सेवा आश्रम नेपालगंजले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरु लाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको र सुक्मा भण्डारी लाई पनि त्यही राख्ने अभियान्ता देव प्रकाश चौधरीले जानकारी दिनु भयो।