गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

 

 

 

नेपालमा टी-२० विश्वकपको ट्रफी ल्याइने

आइसिसी टी-२० विश्वकप २०२२ अघि ‘ट्रफी टुर’ सुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार आजदेखि ट्रफी टुर सुरू भएको छ।

ट्रफी आगामी अगस्ट ३० मा अस्ट्रेलियाको पर्थबाट नेपालको राजधानी काठमाडौं ल्याइनेछ।

आगामी अगस्ट ३० र ३१ मा (भदौ १४ र १५ गते) ट्रफी काठमाडौंमा हुनेछ। काठमाडौंका कुन-कुन स्थानमा ट्रफी राख्ने तय भइसकेको छैन। ट्रफी नेपालबाट सिंगापुर लगिनेछ।

ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ। नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो।

ट्रफी टुरका दौरान निश्चित फ्यानहरूलाई फोटो खिच्ने अवसर दिइनेछ।

आइसिसी टी-२० विश्वकप २०२२ सुरू हुन अब सय दिन बाँकी छ।

अस्ट्रेलियाको सात शहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरू हुनेछ।

१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ।

१६ मध्ये १४ टिमको मात्र टुंगो लागेको छ। बाँकी दुई टिमको टुंगो आगामी साता जिम्बावेमा सुरू हुने छनोट प्रतियोगिताबाट लाग्नेछ।

नेपालले पनि गत वर्ष ‌ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।

टी-२० विश्वकप २०२२
समूह ए 
नामिबिया, श्रीलंका, युएई, समूह बी छनोटको उपविजेता

समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, समूह बी छनोट विजेता

सुपर १२ – समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता

सुपर १२ – समूह २
बंगलादेश, भारत, पाकिस्तान,  दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता

पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्।

सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।

२०२२ टी-२० विश्वकप २०२४ को छनोटको आधार

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।

पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आइसिसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी-२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो।

आइसिसीको बोर्ड बैठकको निर्णयअनुसार १२ टिम विश्वकपमा सिधा पुग्नेछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्नेछ।

२०२२ को टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट हुनेछन्।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट हुने आइसिसीले निर्णय गरेको छ।

वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी-२० विश्वकपको शीर्ष ८ मा स्थान बनाए आइसिसी विश्व वरीयताको आधारमा ३ टिम टी-२० विश्वकप २०२४ मा पुग्नेछन्। वेस्ट इन्डिज शीर्ष आठमा नपुगे विश्व वरीयताबाट २ टिममात्र छनोट हुनेछन्।

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई छनोटको आधार मानिनेछ। यो मिति अस्ट्रेलियामा टी-२० विश्वकप सकिएको भोलिपल्ट हो।

 

 गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आवेको अवस्था गम्भीर

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए ।

आबेलाई दुईपटक गोली हानिएको थियो । दोस्रोपटक गोली पछाडि लागेपछि उनी भुइँमा लडेका थिए । रिपोर्टहरूका अनुसार घटनास्थलबाट करिब ४० वर्षे पुरुष आक्रमणकारीलाई पक्राउ गरिएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

टोकियोका पूर्वगभर्नर योइची मासुजोले एक ट्विटमा ६८ वर्षीय आबे कार्डियोपल्मोनरी अरेस्ट अर्थात् श्वास बन्द भएको अवस्थामा रहेको बताएका छन् । जापानमा मृत्युको आधिकारिक पुष्टि हुनुअघि यो शब्द प्रायः प्रयोग गर्ने गरेको बीबीसीले जनाएको छ ।
“पूर्वप्रधानमन्त्री आबेलाई स्थानीय समयअनुसार राति ११ : ३० बजे नारामा गोली प्रहार गरिएको थियो ।

ली प्रहार गर्ने एकजनालाई हिरासतमा लिइएको छ । पूर्व प्रधानमन्त्री आबेको अवस्था अहिले अज्ञात छ,” मन्त्रालयका मुख्य सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई भने ।