अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको…

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न, ‘मल खरिदमा आधा बजेट कटौती गर्ने अनि उत्पादन वृद्धि गर्छु भन्ने ?’
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको बजेट नीतिमाथि प्रश्न उठाएका छन् । बुधबार जारी प्रतिनिधिसभामा बजेटको कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले कृषि मलको आपूर्ति विना कृषि उत्पादन कसरी हुनसक्छ भनेर प्रश्न गरे । ‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको…

वृद्धभत्ता एमालेको ब्रान्ड हो, ६८ वर्ष गर्नुस् कि ५८ : पूर्वअर्थमन्त्री पाण्डे
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा…

अर्थमन्त्रीलाई योगेशको प्रश्न- कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् । ‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट…

आ.व. २०७९/८० को बजेटको पूर्णपाठ
गणतन्त्र नेपाल संवाददाता

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ४२…

यस्तो छ आ.व. २०७८/७९ को आर्थिक सर्वेक्षण (पूर्णपाठ)
गणतन्त्र नेपाल संवाददाता

चालु आर्थिक वर्ष (आ.व. २०७८/७९) को चैत मसान्तसम्मको आर्थिक विवरण समाविष्ट ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रतिनिधिसभाको शनिबारको बैठकमा पेस गरिको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आर्थिक सर्वेक्षण पेस गरेका हुन् । हरेक आर्थिक वर्षको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) गणतन्त्र…

मौद्रिक नीतिको समीक्षा : ब्याजदर बढ्ने संकेत
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाला राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । समीक्षामा राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाव कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरसहित अन्य उपकरणको प्रयोग गरिने नेपाल राष्ट्र…

दाङकाे गढवा गाँउपालिकामा राताे केरा उत्पादन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङकाे  गढवा गाउपालिकामा पहिलो पटक नयाँ प्रजातिकाे केरा उत्पादन  भएकाे छ । “रातो केरा हुन्छ रे भन्ने कुरा २०७५ सालमा हल्ला सुनेकाे थिए  ।त्यसपछी यस्को बारेमा नेट ईन्टरनेट , फेस्बुकमा राम्राे अध्ययन गर्ने  अवसर मिल्याे । अनि त्यसपछि बेर्ना खोज्न…

चुनावमा वैधानिक खर्च ४५ अर्ब, अदृश्य खर्च कति ?
गणतन्त्र नेपाल समाचारदाता

२८ वैशाख। मुलुक ७५३ स्थानीय सरकारको नयाँ नेतृत्व चयनका लागि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रतीक्षामा छ । अहिले देशभरका मतदाता आफ्नो नजिकको सरकार चयनका लागि मत व्यक्त गर्ने तयारीमा छन् । चुनाव भन्नेवित्तिकै चुन्ने र चुनिने विषयमा मात्र…