विवाहपछि सुमधुर हुन नसकेको एक सम्बन्ध

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् ।

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् । लोकदोहोरीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन् ।
जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन ।
अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । ।हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, प्रक्रियामा जान केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भनेको थियो ।
अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।अदालत स्रोतले भन्यो, ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो ।
प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’। ‘आइतबार आउनु भयो भने प्रक्रिया पुरा होला ।’उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए । त्यसको रेखदेख शंकरले गर्थे ।
श्रीमान्‌सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् ।

नेपालमा पनि ह्वाट्सएपबाट म्यासेज नजाने समस्या  

गढवा, ८ कार्तिक

माजिक सञ्जाल ह्वाट्सएपमा मंगलबार दिउँसो समस्या आएको छ। लाखौं प्रयोगकर्ताहरूले केही समयदेखि आफूले चाहेको मान्छेलाई म्यासेज पठाउन सकेका छैनन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतभरि यो समस्या देखिएको छ। द न्युयोर्क टाइम्सका अनुसार बेलायत, दक्षिण कोरियालगायत मुलुकमा पनि समस्या देखिएको छ।

नेपाली ह्वाट्सएप प्रयोगकर्ताहरूले पनि यो समस्या झेलिरहेका छन्।

ह्वाट्सएप मेटा कम्पनीले चलाउँछ। ह्वाट्सएपमा समस्या आएकोबारे जानकारी रहेको भन्दै मेटाका प्रवक्ताले समाधानको प्रयास भइरहेको बताएका छन्।

फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

गढवा,८ कार्तिक

निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र नगराउन पनि भनेको छ ।

निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट खोल्न, झुटा वेवसाइट नखोल्न वा सञ्चालन नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ ।