वन संरक्षणमा सक्रिय हुदै गढवा गाउँपालिका, सरोकारवाला निकाय संग अन्तक्रिया

गढवा, १२ जेठ । दाङको गढवा गाउँपालिकाले वन संरक्षणको लागि सक्रिय भएको छ। दिनप्रति राष्ट्रिय तथा सामुदायिक वन बिनाश हुदै गैरहेको समयमा स्थानीय सरकारले वन जोगाउन सरोकारवाला निकायहरु संग शुक्रबार अन्तरक्रिया गरेको छ। गढवा गाउँपालिकाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय वन महासंघ गढवा दाङको व्यवस्थापनमा सरोकारवाला निकाय संग अन्तक्रिया गरेको हो ।

अन्तक्रिया कार्यक्रममा बोल्ने बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सामुदायिक वन संरक्षणका लागि साझा अवधारणा बनाई अघि बढ्नुपर्ने बताउनुभयो। स्थानीय सरकार र वन संगको सहकार्य सोचे जस्तो नभएको बताउदै सहकार्य र समन्वय बिना वन संरक्षण गर्न नसकिने भएकोले सामुदायिक वन, वन महासंघ र स्थानिय सरकार मिलि साझा अवधारणा बनाउनु पर्ने बताउनुभयो। वन संग सम्बन्धित निति, नियम र कानुन ऐन नहुंदा स्थानीय सरकार लाई पनि काम गर्न सोचे जस्तो सहज नभएको बताउनुभयो। वन वन बिचको अन्तर बिरोध समस्याको रुपमा रहेको बताउदै वन वन बिचको अन्तरबिरोध छलफलको माध्यमबाट समाधान गर्नु पर्ने र वन संरक्षणमा सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने बताउनु भयो।

कार्यक्रममा बोल्दै ७ नम्वर वडाध्यक्ष राहुलदेव चौधरीले वन संरक्षणको नाममा बिनाश भैरहेको बताउनु भयो । अधिकांस सामुदायिक वनले वन हेरालु राख्न सक्ने समेत आयस्रोत नभएको बताउनु भयो। वन वातावरण संरक्षणका लागि सरकारले करोडौ खर्चगरे पनि वन दिन प्रतिदिन उजाड हुदै जानु दुखद बिषय भएको बताउनुभयो ।वन संरक्षणको नाममा वन बिनास भैरहेको आफुहरुलाई लागेको बताउनुभयो । वन संरक्षणमा अहिले सम्म भएको उदाहरीय काम एउटा पनि नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुले पालिकाले वन संग समन्वय/अन्तक्रिया गरी वन संरक्षणमा देखाएको चासो एकदमै राम्रो भएको बताउनुभयो। अहिले सम्मको सरकारले वनको बारेमा त्यति चासो नदेखाएको भन्दै वन वातावरण सरकारमा पालिकाको पहलकदमीबाट आफुहरुमा वन वातावरण संरक्षणमा थप हौसला पाएको बताउनुभयो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरी, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, सव-वन डिभिजन कार्यालय गढवाका प्रमुख ओम ओली, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सदस्य विष्णुमाया बसेल र तिर्थराज ज्ञवाली, स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा, नागरिक समाज गढवाका अध्यक्ष खगेश्वर शर्मा, वन तथा वातावरण समन्वय समिति गढवाका अध्यक्ष पुष्पा यादव,, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, गढवा गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो।

गढवा गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष लेख बहादुर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भयो थियो।

गढवामा बाढी पूर्वसुचना प्रणाली संयन्त्र निर्माण सम्बन्धी गोष्ठी 

गढवा,११ जेठ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय बनाउन थालेको पाइएको छ ।बर्षात्बाट निम्तिने संभावित बाढीको जोखिमबाट समुदायलाई जोगाउनु स्थानीय सरकारको दायित्व हो ।

त्यसै अनुरुप खहरे खोलाहरु र राप्ती नदीको बाढीबाट उच्च जोखिममा रहेका बस्तिहरु बचाउन देउखुरीको गढवा गाउँपालिकाले बिपद प्रतिकार्य, र जोखिम न्यूनीकरण गर्न पुर्व सुचना प्रणालीलाई मजबुत बनाउन संयन्त्र गठन तथा परिचालन गर्न थालेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताउनु भयो ।नेपाल रेडक्रसको प्राबिधिक सहयोगमा नयाँ ढंगले पुर्व सुचना प्रणालीको संयन्त्र निर्माण गर्दै बिपद पुर्वतयारी र प्रतिकार्य योजना तत्काल निर्माण गरी गाउँसभाबाट पारीत गरेर अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र रेडक्रस दाङका सभापति मदन गौतमको प्रमुख आतिथ्यमा बिहिवार गढवामा बाढी पुर्वसुचना प्रणली संयन्त्र निर्माण कार्यशाला सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै स्थानीय राजनितिक दल तथा बुद्धिजिवीहरुले बिपद एक्कासी आउने भएकोले सुचना प्रणालीलाई मजबुत बनाउन तथा बिपद् ब्यवस्थापन कोष गाउँपालिका देखि वडा तहसम्म निर्माण एवं परिचालन गर्न जोड दिएका छन् । गतबर्षको बाढीबाट धेरै सिकाई भएको छ ।

स्थानीय सरकारले बिपद ब्यवस्थापन कोष खडागरि बिपदको बेला तत्काल कोष परिचालन गर्नुपर्छ–स्थानीय राजनितिक दलका नेताहरुले कार्यशालामा सुभाब प्रस्तुत गर्नु भयो । राप्ती नदी र खहरे खोलाहरुमा आउने संभाबित बाढीको पूर्वानूमानका साथै त्यसले समुदाय र बस्तिहरुमा निम्त्याउने जोखिम आंकलन गर्दै गढवा गाउँपालिकाले पूर्व सतर्कता अपनाउन थालेको पाइएको हो ।

बिपदको समयमा नेपाल प्रहरी र आर्मीको सुरक्षा संयन्त्र तथा रेडक्रस टिम आफ्नै ढंगले परिचालन हुने भएपनि स्थानीय सरकारको तर्फबाट पनि सर्बपक्षिय संयन्त्र निर्माण गरी बिपद पुर्वतयारीमा जुट्न आाबश्यक रहेको रेडक्रस दाङका सभापति मदन गामैतमले बताउनुभयो ।कार्यशालामा ब्यापक छलफल गरि वडा तहदेखि पालिका तहसम्म कृयाशिल संघसंस्था,सञ्जाल, राजनितीक दलहरु,सुरक्षा निकाय,पत्रकार,स्थानीय सरकार,रेडक्रस तथा उद्योग बाणिज्य संघ लगायतको संयुक्त संयन्त्र गठन गरि बिपद् प्रतिकार्य, उद्धार तथा राहात बितरण,सुरक्षित आवास,सुचना प्रणालीको मजबुतिकरण लगायत जोखिम न्यूनीकरणका बैकल्पिक तरिकाहरु अबलम्बन गरि बिपद ब्यवस्थापन गरिने भएको र उक्त ड्राफ्ट बनाउन रेडक्रस दाङले प्राबिधिक सहयोग गर्ने भएको छ ।त्यस्तै कार्यशालामा स्थानीय राजनितिक दलहरु, गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु लगायतका जनप्रतिनीधीहरु,सुरक्षा प्रमुखहरु,पत्रकार, गाउँपालिकाका बिषयगत शाखा प्रमुखहरु, रेडक्रसकर्मि,उद्योग बाणिज्य संघ र अन्य संघसंस्थाहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडक्रसकर्मि थानेश्वर पोख्रेलले गर्नु भएको थियो ।-सिधापत्रबाट

जिपको ठक्करबाट दाङ शिक्षिकाको मृत्यु

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

जिपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताउनुभयो ।

बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो ।

मृतक सीता गुरु जजुर माबि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुनुहुन्छ । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउनुहुन्थ्यो । उहाँलाई बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।