आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ

बुटवल । अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।

उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने बिपक्षीहरुलाई पेलेरै जाने रणनीतिमा छन्। समग्रमा आइतबार पोखरेलले चालेको यो कदमले लुम्बिनी प्रदेशमा नयाँ र निषेधको ‘राजनीतिक लडाईँ’ सुरु भइसकेको छ। त्यसो त, बिपक्षीहरुलाई क्रुद्ध बनाएर मुख्यमन्त्रीको पगरी गुथेका पोखरेल आफ्नो घरभित्रै पनि थप कमजोर बन्दै गईरहेका छन्। मुख्यमन्त्री बन्नकै लागि उनले लिएको हठ उनकै पार्टी सदस्यहरुले रुचाएका रहेनछन् भन्ने दृष्टान्त पछिल्ला केही घटना क्रमले देखाएको छ। बहुमत दाबी गरेर हस्ताक्षर बुझाएका आफ्नै पार्टीका सांसदहरुले पोखरेलको साथ छोडिरहेका छन्।

यसैक्रममा मंगलबार एमालेकै अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन्। उनकै गृह जिल्ला दाङबाट प्रदेशसभामा निर्वाचित अमरबहादुर डाँगीले मुख्यमन्त्रीको साथ छोडेका हुन्। डाँगीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको गठबन्धनमा लागेर मुख्यमन्त्री पोखरेललाई असहयोग गर्ने निर्णयमा पुगेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए। डाँगीले बिपक्षी गठवन्धनसंग मुख्यमन्त्रीविरुद्ध जाने सहमति गरिसकेको ती सांसदले जानकारी दिए। माधवकुमार नेपाल(झलनाथ खनाल समूहका डाँगी पहिलेदेखि नै शंकर पोखरेलका आलोचक नेता हुन्। उनले बेला बेलामा सार्वजनिक रुपमै मुख्यमन्त्रीको आलोचना गर्दै आइरहेका थिए।

–नागरिक दैनिकबाट ।

राजधानीको निषेज्ञाकालीन साँझ : दर्जन तस्बिरमा हेर्नुहोस्

संस्कारबिहीन राजनीति – माओवादी केन्द्र

बुटवल । अल्पमत रहँदा रहँदै लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति र शपथ दिलाएको भन्दै नेकपा माओवादी केन्द्रले आक्रोश पोखेकाे छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई संस्कारबिहीन राजनीतिको संज्ञा दिएका छन् । उनले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको दावी गर्दै जबरजस्ती पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाउने काम प्रदेश प्रमुखले गरेको आरोप लगाए ।

उनले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरीतको कदम भएको दावी गर्दै यसको प्रतिरोध कानुनी र राजनीति दुवै हिसाबले गर्ने बताए । उनले यो संसद सरकारले बोलाएको नभई प्रदेशका एक चौथाई सांसदहरुले बोलाएकाले सरकारले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न नपाउने पनि बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीकाे शपथ ग्रहण जबर्जस्ती गुन्डाराजजस्तै भएको संज्ञा दिँदै उनले यसको कडा प्रतिरोध गरिने पनि बताए ।

विपक्षी गठबन्धनले बहुमत सांसद संख्या पुर्याएर ४२ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाई लत्याउँदै अल्पमतमा रहेका पोखरेललाई जबरजस्ती मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले बदमासी गरेको उनकाे भनाइ छ । गठबन्धनका दलहरूसँग बसेर राजनीतिक र कानुनी उपचारको खोजी गर्ने प्रमुख सचेतक घर्ती मगरले बताएका छन् ।