लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोड बढी बजेट

दाङ, २ असार। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य दिइएको छ ।

संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ । स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ ।

यस्तै चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान गरेको आर्थिक मामिलामन्त्री मास्कीले बताए ।

लुम्बिनी प्रदेशको कुल बजे ४० अर्ब, आज पेस हुने

गढवा, १ असार । लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन्।

बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार घट्ने छ। सरकारले झण्डै ४० अर्व बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। चालु आर्थिक बर्षमा ४२ अर्ब बरावरको बजेट थियो।

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ। चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।

चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो। अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ। सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ।

समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो। आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ। विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो। आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ।

बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ।

जेठ २६ मा नीति तथा कार्यक्रम पेश गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो। प्रदेश सरकारले चालु आर्थिक बर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि-बजेटमा छलफल भइरहेको थियो।

विगतको बजेटमा २० प्रतिशत कटौती गर्दा ३४ अर्ब हाराहारीमा बजेट आउने गरी तयारी गरिएपनि सांसदहरुको चित्त बुझाउन स्रोतबिनाको ठूलो आकारको महत्वाकांक्षी बजेट आउन लागेको कर्मचारीकै भनाइ छ।

यसअघि आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले गतवर्षको बजेटमा २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको जानकारी दिएका ‍थिए ।

‘असुर २: द राइज अफ डार्क साइड’:- एक टिप्पणी

‘असुर २: द राइज अफ डार्क साइड’ त्यहीबाट सुरु हुन्छ जहाँ पहिलाे सिजन समाप्त भएकाे थियाे। जुन सिरियल किलर (असुर) ले निखिल नायर (बरुण साेबती), उनकी पत्नी नैना (अनुप्रिया गाेयंका), धनन्जय राजपूत (अरशद वारसी) लगायतका फरेन्सिक विशेषज्ञ र सीबीआइ अफिसर पात्रहरुकाे जीवनलाई तहसनहस बनाएकाे थियाे, त्यही पात्रहरु पुन: त्यस रहस्यमय र अल्ट्रा जिनियस सिरियल किलरलाई ट्र्याक एवं हन्ट गर्ने र सँसारमा विध्वंस मच्चाउने उसकाे भयानक याेजनालाई राेक्ने प्रयत्न गर्छन्।

अर्थात्, उक्त असुरसँग उनीहरुकाे छद्म द्वन्द्वलाई यसमा देखाइएकाे छ जाे हिन्दु धर्मग्रन्थहरुका साथ-साथ आधुनिक प्रविधि (इंटरनेट-वेब सँजाल) का पनि गूढ ज्ञाता हुन्छन्। ‘असुर २’ मा उनीहरुबीचकाे द्वन्द्वले यसअघिकाे (पहिलो सिजनकाे) भन्दा ठूलाे रुप लिन्छ।

‘असुर २’ काे विचार:-

पहिलाे बुदाँ,

विश्वप्रसिद्ध अँग्रेज नाटककार विलियम सेक्सपियरकाे एउटा चर्चित कथन छ, ‘In this world There is nothing good or bad. Only our thinking is’.

‘असुर २’ ले यही कथनलाई सिद्ध गर्न खाेजेकाे छ। यसले राम्रा-असल मानिसहरुभित्र पनि नकरात्मकतालाई देखाएकाे छ। जसरी ‘असुर’ काे पहिलाे सिजनमा निखिल नायरले छाेरीकाे मायामा बाध्य भएर तमाम हत्याहरु गरेका थिए, त्यही याे सिजनमा धनन्जय राजपूतले गर्छन्। उनलाई नैनाले साथ दिन्छिन् किनभने उनीहरु दुवैजना बदला चाहिरहेका हुन्छन्। बाध्यतामा परेर नै किन नहाेस्, नुसरतले पनि एक निर्दाेष युवतीकाे ज्यान लिन्छिन्। वृन्दा स्वयं नव असुरमा रुपान्तरित हुन्छिन्।

अर्थात्, जतिसुकै असल मानिस किन नहाेस्, ऊ भित्र पनि कतै न कतै असुर लुकेकाे छ, जाे माैका पर्दा फुत्त बाहिर प्रकट हुन्छ। हामी सबैभित्र ‘असुर’ छ। हरेक मान्छेभित्र असुर लुकेकाे छ जसलाई उसले आफुभित्र दबाएर राखेकाे छ। विषम परिस्थितिमा मानिसभित्र लुकेकाे त्याे असुर प्रकट हुन्छ। मानिसलाई बाध्य बनाइएकाे अवस्थामा त्याे असुर प्रकट हुन्छ।

‘असुर’ काे असुर पात्र शुभ जाेशका अनुसार, ‘मानव बाहिर जतिसुकै सभ्य र मानवीय देखिन खाेजे पनि ऊ वास्तवमा असभ्य र क्रूर छ। क्रूरता, पाश्विकता, अनैतिकता र अराजकता नै मानवकाे basic instint हाे जसलाई कहिल्यै बदलिन सकिन्दैन। तर मानवले त्यसलाई दबाएर राखेकाे हुन्छ।’

शुभ मानवले दबाएर राखेकाे त्याे basic instint लाई बाहिर निकाल्न चाहन्छ। ऊ समाजमा ठूलाे हाहाकार सिर्जना गर्न चाहन्छ ताकि मानवभित्र लुकेकाे असुर बाहिर निस्काेस्। समाजमा ठूलाे स्केलमा त्रासदी, अराजकता र अव्यवस्था सिर्जना हाेस्। जसले सिङ्गाे सिस्टमलाई काेल्याप्स गराेस् ताकि कलिलाई छिटाे ल्याउन सकियाेस्।

यसरी ‘असुर’ ले असल र खराब, ठीक र बेठीक, नैतिकता र अनैतिकताबीचकाे द्वन्द्वलाई पनि नयाँ उचाइमा पुर्‍याएकाे छ। याे द्वन्द्वकाे रिफ्लेक्शन यसका पात्रहरुभित्र पनि देखिन्छ। उनीहरुकाे मनभित्र पनि धेरै ठाउँमा याे द्वन्द्व चलिरहेको महसुस गर्न सकिन्छ।

‘असुर २’ काे पाेष्टर

दाेस्राे बुदाँ,

‘असुर’ ले भविष्यमा ट्याकनाेलाेजी नै मानव जातिकाे सबैभन्दा ठूलाे दुश्मन बन्न सक्ने र मानव जातिकाे लडाइँ ट्याक्नाेलाेजीसँग हुन सक्ने सम्भावित परिदृष्यलाई देखाएकाे छ। अर्थात्, भविष्यमा मानव जातिले ट्याक्नाेलाजीसँग लड्नुपर्ने हुन सक्छ। ट्याकनाेलाेजी नै भविष्यमा मानव सभ्यतालाई विध्वंश गर्ने असुर हाे। त्यसैले, ट्याकनाेलाेजी मानव जातिकाे लागि भविष्यमा ठूलाे टाउकाे दुखाई बन्न सक्छ र यसलाई कन्ट्राेल गर्न मानव जातिले धेरै मशक्कत गर्नुपर्ने हुन सक्छ भन्ने कुरालाई यसले देखाएकाे छ।

अहिलेकाे याे माेर्डन ट्याकनाेलाेजी, याे इंटरनेट र वेबकाे सँसार, याे आर्टिफिसियल इंटेलिजेन्स याे अत्यन्त शक्तिशाली छ। यदि याे ट्याकनाेलाेजी कुनै असुर वा दृष्ट प्रवृत्तिकाे व्यक्तिकाे हातमा परेमा सँसारमा ठूलाे विनाशलीला मच्चिन सक्छ। मानव जाति वा सभ्यताकाे विनाश हुन सक्छ। तसर्थ, आर्टिफिसियल इंटेलिजेन्स मानव सभ्यताकाे लागि खतरनाक साबित हुन सक्छ। याे माेर्डन ट्याक्नाेलाेजी मानव जातिकाे लागि घातक हुन सक्छ। त्यसैले, ट्याकनाेलाेजी वा आर्टिफिसियल इंटेलिजेन्ससँग सहअस्तित्व वा सहजीवन जाखिमपूर्ण हुन सक्छ। यससँग मानवकाे भविष्य सुखद देखिन्न। यसले मानवकाे भविष्यलाई त्रासदीपूर्ण बनाउन सक्छ भन्ने कुरालाई देखाएकाे छ।

धनन्जय राजपूत उर्फ अरशद वारसी

तेस्राे बुँदा,

डिजिटल युगमा कसरी प्रोपागण्डा एवं न्यारेटिभ्सलाई रचिन्छ र फैलाइन्छ, मानिसहरुलाई कसरी panic गरिन्छ र उक्साइन्छ? यस कुराकाे पनि चित्रण ‘असुर’ ले गरेकाे छ।

प्रमुख गुण:-

‘असुर’ मा पौराणिक मिथकहरुलाई आधुनिक ट्याकनाेलाेजीसँग ब्लेन्ड गरेर विचार (तर्क) र अपराधकाे नयाँ रुपलाई श्रृङखलाबद्ध रुपमा देखाइएकाे छ, जुन दर्शकहरुलाई नाैलाे लाग्न सक्छ। यसका पात्र र सन्दर्भहरुलाई जसरी पाैराणिक घटना र पात्रहरुसँग सान्दर्भित वा सादृश्य गरेर बताइएकाे छ, त्याे राेचक लाग्न सक्छ।

अवगुण:-

‘असुर’ काे स्टाेरी डेभलपमेन्ट र न्यारेशन यसकाे पहिलाे सिजन भन्दा कम प्रभावकारी महसुस भयाे। बुझ्न पनि पहिलाे सिजनभन्दा गाह्राे र पहिले सिजनले जसरी बाँधेर राख्न नसकेकाे महसुस भयाे। यसमा वेब ट्याकनाेलाेजीकाे भारी भरकम ट्याकनिकल कुराहरु आमदर्शककाे टाउकाे माथिबाट गुज्रिन्छन्। जसलाई बुझ्न उनीहरुले निकै मशक्कत गर्नुपर्छ। वेब-ट्याक्नाेलाेजीका ट्याकनिकल कुराहरु बुझ्न नसक्दा उनीहरुलाई ती भागहरु बाेझिलाे लाग्न सक्छ। उसाे त कम्युटर स्क्रीनमा देखाइएका कुराहरु पनि खासमा यस सिरिजमा भनिएकाे कम्युटर प्राेग्रामहरुसँग नमिल्ने, त्याे फ्रड भएकाे प्रमाण सम्बन्धित फिल्डका व्यक्तिहरु साेसल मिडियाहरुमा पेश गरिरहेकै छन्। तर त्यतिसाह्राे गहिराइमा नजाऔं।

‘असुर’ सिरिज मासअप पाेष्टर

अन्य पक्ष:-

एक्टिङ सबैकाे ठीक छ। खास भन्ने हाे भने याे सिरिज एक्टिङकाे लागि हेर्ने हैन। यसकाे VFX कमसल देखिन्छ। VFX मा सुधार गर्न सकिन्थ्याे। VFX काे क्वालिटी बढाउनतर्फ ध्यान दिएकाे भए यसकाे प्रभाव बढी पर्थ्याे। जुन क्लुहरुलाई आपसमा कनेक्ट गर्दै यसका पात्रहरु असुरसम्म पुग्छन्, ती क्लुहरु पनि फितलाे लाग्छ। अनि उनीहरु सजिलै असुरसम्म पुगेकाे देखाइन्छ। स्क्रिप्टकाे याे पार्टमा चीजहरुलाई कंभिन्सिङ देखाउन अलि बढी मेहनतकाे खाँचाे थियाे।

एंडिङ:-

‘असुर २’ काे एन्डिङ ठीकै मात्र थियाे। यसकाे इंडिङ मलाई धमाकेदार लागेन। एन्डिङमा जेलभित्र निखिल नायरकाे एउटा सिक्वेन्स भने गजबकाे थियाे। यस सिरिजले लास्टमा वृन्दा नयाँ असुर बनेकाे सँकेत गर्दै ‘असुर’ काे तेस्राे सिजन पनि बन्ने सँकेत गरेकाे छ तर मलाई साेध्नुहुन्छ भने म चाहिँ याे सिरिज अब यति मै समाप्त हाेस् भन्ने चाहन्छु। यसलाई थप नलम्बाइएकाे वेश हुनेछ। त्यसाे गरे याे सिरिज एक ‘कल्ट’ सिरिजकाे रुपमा यादगार रहिरहनेछ।

‘असुर-२’ पाेष्टर

वर्डिक्ट:-

One time watchable series हाे याे। ‘असुर’ काे पहिलाे सिजन हेरेका दर्शकहरु जाे यसकाे दाेस्राे सिजनकाे लामाे समयदेखि व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका थिए, उनीहरुकाे लागि हाे याे सिरिज विशेषत:। जसले ‘असुर’ काे पहिलाे सिजन हेरेका छैनन्, उनीहरुले यसलाई नहेर्दा पनि हुन्छ। यसलाई नहेरे केही छुट्दैन। केही पनि नाेक्सानी हुदैन। यसकाे साटाे अरु कुनै राम्राे सिनेमा खाेजेर हेर्नतिर लाग्दा हुन्छ।