भरतपुरमा पत्नीको हत्या गरी पतिले गरे आत्महत्या

चितवनको भरतपुरमा आफ्नै पत्नीको हत्या गरी एक पुरुषले आत्महत्या गरेका छन् ।

भरतपुर–१० रमाइलो चोकमा ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया पत्नी रुस्मा घिमिरे (आचार्य)को हत्या गरी आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी आचारर्यले जानकारी दिए ।

डीएसपी आचार्यका अनुसार, पति कृष्णले राति १० बजेको समयमा घरमा मोबाइल हेरेर बैठक कोठामा बसिरहेकी रुस्मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस्तै उनको हत्या लगत्तै पति कृष्णले घरको छतबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाइएको छ ।

पति कृष्ण वैदेशिक रोजगारबाट हालसालै आएको र पारिवारिक विवाद केही समयदेखि हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी आचार्यले जानकारी दिए ।

परिवारमा उनीहरूको एक छोरी समेत रहेका छन् ।

उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *