दैलेखमा चट्याङ लागेर १२ घाइते

दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्।

आइतबार दिउँसो वर्षातसहित परेको चट्याङले जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ स्थित सेर्माकोटका १२ जना घाइते भएका हुन्।

स्थानीय रमेश सिंह लगायतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएको वडाध्यक्ष यामबहादुर विष्टले बताए।

वडाध्यक्ष विष्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ। ‘कोदो गोड्ने खेतेलाहरू दिउँसको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उनले भने।

वडाध्यक्ष विष्टले चट्याङले लागेर केही पशु चौपायाहरू मरेको बताए। केही खसी र गाई मरेको उनले बताए। घाइतेहरूको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाइएको उनले बताए।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *