
गढवा,३१ वैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले बिहिबार पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो ।
गढवा गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय दाङ, गढवा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय गढवा र गढवा होटल व्यवसायी संघ संग समन्वय गरेर बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा पसलबाट म्याद गुज्रिएका वडा नम्बर ६ गढवा बजारको २२ स्थानमा चेकजाँच गरेको थियो। २२ स्थानबाट ५ हजार ४ सय ३० रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई जलाएर नष्ट गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
संयोजक चौधरीको नेतृत्वमा गढवा गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा स्थानमा रहेका खाद्यान्न , होटल, डेरि, मासुपसल र एग्रोभेटमा औषधि पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका बरामद सामाग्रीहरु इलाका प्रहरी कार्यालय गढवाको परिसरमा जलाएर नस्ट गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनु भयो।
अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको गढवा गाउँपालिका गढवा गाउँपालिकाले जनाएको छ।
अनुगमन क्रममा धेरैजसो खाद्यान्न पसलमा म्याद गुज्रिएको सामान फेला परेको गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख भरत केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार म्याद गुज्रिएका सामानमा माउन्टेन ड्यू, चाउचाउ, कुरकुरे, इमली, चिजबल, चकलेट लगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर सोही दिन नै नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको प्रमुख केसीले जानकारी दिनुभयो।
अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए नभएको,बोर्डमा पाना नम्बर भए नभएको हेरिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि गढवा गाउँपालिकाले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ ।
बजार अनुगमन गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम, घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख शुदर्शन शर्मा र अधिकृत गोपाल पौडेल, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख भरत केसी, कृषि विकास अधिकृत कर्ता राम यादव, पशुपंक्षी तथा मत्स्य विकास अधिकृत अनन्त राज रेग्मी, महिला विकाश निरिक्षक प्रेरणा चन्द,वरिष्ठ प्रशासन सहायक शिव शर्मा, MIS अपरेटर ऋषि राम यादव, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल , गढवा होटल व्यवसायी संघका अध्यक्ष राम बहादुर थापा, गढवा गाउँपालिका संघ संस्था शाखाका शुरेश पौडेल, गढवा गाउँपालिका नगर प्रहरी , नेपाल प्रहरीका जवान, नेपाल पत्रकार महासंघका प्रतिनिधि शिवराज पन्थी, गढवा गाउँपालिकाका बिभिन्न शाखाका प्रमुख, कर्मचारी लगाएतकाको उपस्थिति रहेको थियो।





