बलात्कार मुद्दामा मिलापत्र गराएको आरोपमा पूर्ववडाध्यक्ष सहित ४ जना पक्राउ

नारायण खड्का

 

दाङ, २९ वैशाख । प्रतीकात्मक तस्बिर।

कपिलवस्तुमा एउटा बलात्कार मुद्दा गाउँघरमै आपसमै मिलापत्र गराउन खोज्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पीडित किशोरीकी आमा, पूर्ववडाध्यक्ष, मिलापत्रको कागज लेख्ने (लेखनदास) र आरोपीका बाबु छन्।

पक्राउ पर्नेमा पीडित किशोरीको आमा ५१ (३३) ०८२/०८३, यशोधरा गाउँपालिका–५ का ५५ वर्षीय पूर्ववडाध्यक्ष नइभ भनिने लइस पठान, प्रतिवादीको बुवा स्थानीय मोहम्मद सफिक पठान, यशोधरा–८ का मिलापत्रको कागज लेख्ने (लेखनदास) ४५ वर्षीय रामवृक्ष कोहर पक्राउ छन्।

तर, बलात्कार घटनाका मुख्य आरोपी यशोधरा–५ का २६ वर्षीय इलियास पठान भने फरार छन्। प्रहरीका अनुसार इलियास सँगै अर्का एक जना अभियुक्त पनि फरार छन्। उनीहरूको खोजी कार्य जारी छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋतेन्द्रकुमार सिंहका इलियासले वैशाख २१ गते करिब १९ वर्षीया किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।

हाल प्रहरी हिरासतमा रहेकी पीडित किशोरीकी आमाले वैशाख २३ गते छोरीसहित प्रहरी कार्यालयमा पुगेर इलियास पठान विरूद्ध किटानी जोहरी दिएकी थिइन्। मुद्दा परेलगत्तै आरोपी २६ वर्षीय इलियास पठान फरार भइसकेका थिए।

प्रहरीले आरोपी पठानका विरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य जारी राख्नुका साथै बलात्कार घटनाबारे आफ्नो तर्फबाट अनुसन्धान जारी राखेको थियो।

त्यहीबीच वैशाख २७ गते पीडित किशोरीकी आमासहित पूर्व वडाध्यक्ष पठान बालात्कार पीडित किशोरी पक्षधर र पीडक पक्षधर (दुई पक्ष) का बीचमा गाउँघरमै मिलापत्र भएको कागजको बेहोरासहित प्रहरी कार्यालयमा पुगेका हुन्छन्। प्रहरीले पूर्ववडाध्यक्ष पठानसहित पीडित किशोरीकी आमालाई तत्कालै नियन्त्रणमा लिन्छ।

प्रारम्भिक सोधपुछ तथा अनुसन्धानबाट जग्गा सम्बन्धी वादविवादको झूटा कारण देखाई मिलापत्र गराइएको खुल्छ। त्यो मिलापत्र गराउने कार्यमा प्रमुख हात मुख्य आरोपी भनिएका इलियासका बुवा मोहम्मद सफिक पठान रहेको भन्ने खुल्छ। प्रहरीले तत्काल उनलाई खोजी गरी पक्राउ गर्छ। जसको साथबाट एक लाख तीन हजार पाँच सय ५० रुपैयाँ पनि प्रहरीले बरामद गर्छ। त्यसपछि लेखनदास रामवृक्ष कोहर पनि पक्राउ पर्छन्।

जबरजस्तीकरणी सम्बन्धी फौजदारी कसुर जस्तो गम्भीर मुद्दामा पीडितलाई अनुचित रूपमा प्रभावमा पारी मिलापत्र गर्ने र गराउने कार्यमा संलग्न देखिएको आरोपमा प्रहरीले पक्राउ परेका चारै जनामाथि अनुसन्धान जारी राखेको छ। अदालतले उनीहरूमाथि आवश्यक अनुसन्धान गर्न पहिलो पटक ५ दिनको म्याद दिएको छ।

स्रोतका अनुसार बलात्कार मुद्दा मिलापत्र गराए बापत दश लाख बढी रकम दिने कागज भएको थियो। कागजी रूपमा सो रकम उल्लेख भए पनि त्यसको दोब्बर रकम तिर्ने मौखिक सहमति भएको आशंका गरिएको छ।

-रातोपाटीबाट

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID