गढवामा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी सरकारसंग अन्तरक्रिया

गढवा,२९ वैशाख। स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम आज गढवामा सम्पन्न भएको छ।

कार्यक्रममा समावेशी तथा स्वास्थ्य प्रवर्द्धन विशेषज्ञ फेयरमेड फाउन्डेसन नेपालका तुलसीराम खनालले प्रस्तुतिकरण गर्नुभएको थियो।

त्यसैगरी जेसी संवेदनशील योजना र बजेट सम्बन्धी को अन्तरक्रिया कार्यक्रममा गडवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्दले जेसीको बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वयलाई अझ सुदृढ बनाउँदै स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय र समावेशी बनाउनुपर्नेमा जोड दिने बताउनुभयो। कार्यक्रमले गाउँपालिकाको स्वास्थ्य योजना तथा बजेट व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी, समावेशी र जनमुखी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, विभिन्न शाखाका शाखा अधिकृतहरू, Nwcsc की अध्यक्ष कल्पना न्यौपाने, प्रेरणा परियोजनाका फाइनान्स प्रतिनिधि आकाश योगी तथा फेयरमेडका तुलसीराम खनाल लगायतको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सबै वर्ग र समुदायको पहुँच सुनिश्चित गर्ने गरी समतामूलक योजना निर्माण, बजेट विनियोजनको प्रभावकारी उपयोग तथा सेवा वितरणलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले गर्नुभएको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *