
दाङ ५ चैत्र । घोराही- ६ चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। सो क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ पिउने पानीको व्यापक समस्या छ ।
व्यवस्थित रुपमा पानी ट्याङ्की निर्माण भइसक्दा समेत पाइपलाइनिङ लगायतका कामहरू रोकिएकाले स्थानीयवासीले पिउने पानी को समस्या बेहोर्नु परेको चैनपुर खानेपानीका अध्यक्ष हेमराज ओलीले जानकारी दिनुभयो यस विषयमा अभियानको तर्फबाट डिभिजन खानेपानी कार्यालयलाई जानकारी गराइएको भए पनि कामलाई पूर्णता दिनका लागि घोराही बनाउँ अभियानको टोलीले बिहिबार डिभिजन खानेपानी कार्यालयमा ज्ञापनपत्र बुझाउन लागिरहेको अभियानका संयोजक सबिन प्रियासनले जानकारी दिनुभयो। सो क्षेत्रमा पिउनेपानीको समस्याका कारण स्थानीयवासीहरू टाढा टाढासम्म पानीको जोहो गर्न जानु परिरहेको छ ।




